४ पुस २०८२, शुक्रबार | December 19, 2025

नोबेल अस्पताल विराटनगरमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना मोरङ र अर्का एक जना झापाका पुरुष रहेका छन ।

मोरङको कटहरी गाउँपालिका-२ का ४५ वर्षीय पुरुषको आज बिहान ३:४५ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि बैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना गरिएका उनमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिए ।

त्यस्तै झापाको झापा गाउँपालिका-१० का ५५ वर्षीय संक्रमित पुरुषको पनि उपचारका क्रममा नोबेलमै मृत्यु भएको छ ।

कोरोना देखिएपछि बैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा बिहान १ बजे मृत्यु भएको जानकारी दाहालले दिए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०८ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज