२९ भदौ २०८३, सोमबार | September 14, 2026

नोबेल अस्पताल विराटनगरमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर । विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत संक्रमित दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा एक जना मोरङ र अर्का एक जना झापाका पुरुष रहेका छन ।

मोरङको कटहरी गाउँपालिका-२ का ४५ वर्षीय पुरुषको आज बिहान ३:४५ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि बैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना गरिएका उनमा निमोनियाको पुरानै समस्या रहेको जानकारी दाहालले दिए ।

त्यस्तै झापाको झापा गाउँपालिका-१० का ५५ वर्षीय संक्रमित पुरुषको पनि उपचारका क्रममा नोबेलमै मृत्यु भएको छ ।

कोरोना देखिएपछि बैशाख १३ गते सोमबार अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा बिहान १ बजे मृत्यु भएको जानकारी दाहालले दिए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०८ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा