१८ श्रावण २०८३, सोमबार | August 3, 2026

रुपन्देहीमा १६ गतेबाट ३० गते सम्मका लागि निषेधाज्ञा जारी



बुटवल । कोरोना संक्रमण बढदै गएपछि रुपन्देही जिल्लामा पनि लकडाउनको घोषणा गरिएको छ । आज बसेको जिल्ला कोभिड १९ संकट व्ष्वस्थापन समितिको बैठक सकिए लगत्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले १६ गते बिहान ६ बजे देखि बैशाख ३० गते बिहान ६ बजे सम्म लागु हुने गरि निषेधाज्ञा जारी गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी तामाङले जारी गरेको निषेधाज्ञा आदेशमा कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न निषेध गरिएको छ । आदेशमा सबै प्रकारका सभा सञ्चालन गर्न, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठी, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्युटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाइएको छ ।

त्यस्तै परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरू सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाइएको छ भने निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न समेत निषेध गरिएको छ ।

निषेधाज्ञालाई कडा तरिकाले कार्यान्वयन गराउन प्रशासनले पुरा तयारी गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

तामङले जारी गरेको आदेशमा निषेधाज्ञाको अवधिमा शान्ति सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत्, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला, व्यवस्थापन, इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा भने सुचारु रहेने उल्लेख छ ।

अति आवश्यकीय सामग्रीहरू खाद्यान्न, ग्यास, तरकारी, फलफूल र दूध लगायत दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्तिको लागी उद्योग वाणिज्य संघ र व्यापार संगठनले ब्यवस्था मिलाउने गरि निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्दहीका सुचना अधिकृत जनक थापाले बताए । उनले निषेधाज्ञाका बखत वस्तुहरूको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरूलाई कडा कारवाही गर्ने निर्णय भएको समेत बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : १२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क