२३ बैशाख २०८१, आइतबार | May 6, 2024

नारायणी अस्पताल वीरगञ्जमा थप तीन जना संक्रमितको मृत्यु



पर्सा । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ ।

उनिहरुको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगंज महानगरपालिका-३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ की महिलालाई १४ गते अस्पताल भर्ना गरिएको थियो। वडा नम्बर १६ नगवाकी महिला १२ गतेदेखि नै भार्ना भएर उपचाररत थिइन ।

त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुष १० गते अस्पताल भर्ना भएका थिए । यो पछिल्लो मृत्युसंगै गएको ५ दिनमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पर्सामा सोमबार तीन जना, मंगलबार ४ जना, बुधबार ४ जना, बिहीबार १ जना र गएराति ३ जना गरी १५ जना कोराना संक्रमितले ज्यान गुमाएका हुन। मृत्यु हुनेहरू सबै गम्भीर किसिमको निमोनियबाट ग्रसित रहेको नारायणी अस्पतालले जनाएको छ ।

यो सहित पर्सामा १९ जनाको मृत्यु भइसकेको छ भने, बारामा ५ जना, सर्लाहीमा २ जना, रौतहटमा एक जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : १९ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa