१८ श्रावण २०८३, सोमबार | August 3, 2026

आईसीयू बेड नपाएर अस्पतालको इमर्जेन्सीमा एकजना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि एक जना कोरोना संक्रमित आईसीयू बेड नपाएर ज्यान गुमाएका छन् । बिगत २४ घण्टा देखि अस्पतालको इमर्जेन्सीमा बसेर बेडको प्रतिक्षा गरेपनि बेड खाली नभएपछि उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पु¥याइृएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संत्रलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतिक्षामा इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको आज बिहान ९ः२८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्याधिक भिड भएपछि हाल फिबर क्लिनीक सहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए ।

सर्पले डसेर आएका बिरामीलाई इमर्जेन्सीमा कोरोना संक्रमितको उपचार चलिरहेका कारण अस्पताल बाहिर लबीमा राखेर एन्टि स्नेक भ्यान चलाउन बाध्य हुनु परेको अस्पतालले जनाएको छ । कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनीक र इमेर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको हो ।

अघिल्लो हप्तामा पनि देवदह नगरपालिकाका एक वार्ड अध्यक्षको धर्मपत्नीको आईसीयू नपाएर फिबर क्लिनीकमा ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ०३ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट