१९ बैशाख २०८१, बुधबार | May 1, 2024

आईसीयू बेड नपाएर अस्पतालको इमर्जेन्सीमा एकजना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा आज पनि एक जना कोरोना संक्रमित आईसीयू बेड नपाएर ज्यान गुमाएका छन् । बिगत २४ घण्टा देखि अस्पतालको इमर्जेन्सीमा बसेर बेडको प्रतिक्षा गरेपनि बेड खाली नभएपछि उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल ११ का ८३ वर्षिय पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि बैशाख १५ गते अस्पताल पु¥याइृएको थियो । कोरोनाको लक्षण देखिएपछि १५ गते नै स्वाव संत्रलन गरिएकोमा १६ गते उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएसँग बेडको प्रतिक्षामा इमर्जेन्सीमा अक्सिनको सहायतमा राखिएको उनको आज बिहान ९ः२८ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको अत्याधिक भिड भएपछि हाल फिबर क्लिनीक सहित इमर्जेन्सीमा समेत कोरोना संक्रमितलाई राखेर उपचार चलिरहेको उनले बताए ।

सर्पले डसेर आएका बिरामीलाई इमर्जेन्सीमा कोरोना संक्रमितको उपचार चलिरहेका कारण अस्पताल बाहिर लबीमा राखेर एन्टि स्नेक भ्यान चलाउन बाध्य हुनु परेको अस्पतालले जनाएको छ । कोरोना बिशेष अस्पताल र भिम अस्पतालका सबै बेड भरिएपछि लुम्बिनीले फिबर क्लिनीक र इमेर्जेन्सीलाई समेत कोरोनाको उपचारमा प्रयोग गरेको हो ।

अघिल्लो हप्तामा पनि देवदह नगरपालिकाका एक वार्ड अध्यक्षको धर्मपत्नीको आईसीयू नपाएर फिबर क्लिनीकमा ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  १० : ०३ बजे

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य

श्रमिकका अधिकार सुनिश्चित गर्न आयोगको माग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले श्रमिकका लागि सरकारले लागू

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३

नेपालले टस हारेर पहिला बलिङ गर्दै, कप्तान रोहितलाई आराम

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल