१८ श्रावण २०८३, सोमबार | August 3, 2026

स्वास्थ्य मन्त्रालयको चेतावनी : देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी २२ जिल्लामा भयावह अवस्थामा फैलिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपील गरेकोे छ ।

मन्त्रालयले शुक्रबार एक अपील प्रकाशित गर्दै कोरोना संक्रमण काठमाडौं उपत्यकाबाहेक मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा डरलाग्दोगरी बढिरहेको जनाएको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्दा अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन समेत नसक्ने अवस्था भैसकेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयले संक्रमण रोकथापममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र बेलाबेलामा साबुन पानीले हात धुने उपाय) कडा रुपमा पालना गर्न सर्वसाधारणसँग अपील गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन हार्दिक अपील छ ।’

यस्तै मन्त्रालयले सार्वजनिक स्थलहरुको जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गनराउन काम गर्न, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कहिँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न नगराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ४० बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट