११ बैशाख २०८१, मंगलबार | April 23, 2024

स्वास्थ्य मन्त्रालयको चेतावनी : देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलियो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी २२ जिल्लामा भयावह अवस्थामा फैलिएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई अपील गरेकोे छ ।

मन्त्रालयले शुक्रबार एक अपील प्रकाशित गर्दै कोरोना संक्रमण काठमाडौं उपत्यकाबाहेक मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा डरलाग्दोगरी बढिरहेको जनाएको छ ।

स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ्दा अस्पतालमा राखेर हेरचाह गर्न शैया उपलब्ध गराउन समेत नसक्ने अवस्था भैसकेको मन्त्रायले जनाएको छ ।

मन्त्रालयले संक्रमण रोकथापममा जनस्वास्थ्यका मापदण्डहरु (मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र बेलाबेलामा साबुन पानीले हात धुने उपाय) कडा रुपमा पालना गर्न सर्वसाधारणसँग अपील गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबै जना संवेदनशील बनिदिनुहुन हार्दिक अपील छ ।’

यस्तै मन्त्रालयले सार्वजनिक स्थलहरुको जाने भीडभाड गर्ने कामहरु बन्द गर्ने गनराउन काम गर्न, आन्तरिक तथा बाह्य पर्यटकहरुलाई कहिँ कतै जाने कामहरु पूर्ण रुपमा नगर्न नगराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ३ : ४० बजे

कतारमा पानी निर्यातको अवसर

काठमाडौं । नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने

गाजा युद्धको विषयमा अमेरिकी विश्वविद्यालयहरूमा विरोध बढ्दै

काठमाडौं । अमेरिकाको कोलम्बिया युनिभर्सिटीदेखि येल युनिभर्सिटी र अन्य राज्यका

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय