१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वैकल्पिक सरकार तत्कालै बन्ने अवस्था छैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै बैकल्पिक सरकार बन्न नसक्ने बताएका छन् ।

कोरोना महामारीबारे पार्टीको धारणा सार्वजनिक गर्न आफ्नै निवासमा शुक्रबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले तत्कालै बैकल्पिक सरकार बन्न आफुहरुसँग संख्या नभएकाले त्यो विषय थाँती रहेको बताएका हुन् ।

सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने गरी संख्या पुगेमा भने प्रक्रिया अघि बढ्ने बताए । यसका लागि अन्य दलहरुसँग छलफल भैरहेको उनले बताए । पत्रकारहरुले सरकारबारे सोधेको प्रश्न दिँदै उनले भने, ‘बहुमत चाहिन्छ कि चाहिँदैन रु बहुमत त चाहिन्छ नि १’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

सभापति देउवाले एमसीसीबारे आम जनतालाई भ्रम फैलाइएको दाबी समेत गरे । उनले बाबुराम भट्टराई र सुशील कोइराला नेतृत्वको सरकोको पालमा सुरु भएको एमसीसी प्रक्रियालाई आफुले अघि मात्रै बढाएको जिकिर गरे । उनले भने, ‘मेरो बेलामा यत्ति भएको हो – क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’

सभापति देउवाले सरकारलाई कोरोना महामारी नियन्त्रणमा बढ्ता जिम्मेवार बन्न आग्रह गरे । उनले पीसीआर परीक्षण बढाउन, भेन्टिलेटर, अक्सिजन तथा आईसीयू बेडको व्यवस्था गर्न माग गरे ।

काँग्रेसको तर्फबाट ११ बुँदे माग अघि सार्दै देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह बनेको आरोप लगाए । सभापति देउवो विगतका गल्ती नदोहोयाउन आग्रह गर्दै कोरोना टेष्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकाले नै आतंक फैलाउने काम गरेको आरोप समेत लगाए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ०३ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना