२८ आश्विन २०८३, बुधबार | October 14, 2026

वैकल्पिक सरकार तत्कालै बन्ने अवस्था छैन : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालै बैकल्पिक सरकार बन्न नसक्ने बताएका छन् ।

कोरोना महामारीबारे पार्टीको धारणा सार्वजनिक गर्न आफ्नै निवासमा शुक्रबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले तत्कालै बैकल्पिक सरकार बन्न आफुहरुसँग संख्या नभएकाले त्यो विषय थाँती रहेको बताएका हुन् ।

सभापति देउवाले अविश्वासको प्रस्ताव पारित हुने गरी संख्या पुगेमा भने प्रक्रिया अघि बढ्ने बताए । यसका लागि अन्य दलहरुसँग छलफल भैरहेको उनले बताए । पत्रकारहरुले सरकारबारे सोधेको प्रश्न दिँदै उनले भने, ‘बहुमत चाहिन्छ कि चाहिँदैन रु बहुमत त चाहिन्छ नि १’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

सभापति देउवाले एमसीसीबारे आम जनतालाई भ्रम फैलाइएको दाबी समेत गरे । उनले बाबुराम भट्टराई र सुशील कोइराला नेतृत्वको सरकोको पालमा सुरु भएको एमसीसी प्रक्रियालाई आफुले अघि मात्रै बढाएको जिकिर गरे । उनले भने, ‘मेरो बेलामा यत्ति भएको हो – क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’

सभापति देउवाले सरकारलाई कोरोना महामारी नियन्त्रणमा बढ्ता जिम्मेवार बन्न आग्रह गरे । उनले पीसीआर परीक्षण बढाउन, भेन्टिलेटर, अक्सिजन तथा आईसीयू बेडको व्यवस्था गर्न माग गरे ।

काँग्रेसको तर्फबाट ११ बुँदे माग अघि सार्दै देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र अक्षमाताको परिणाम दोस्रो लहरको कोरोना भयावह बनेको आरोप लगाए । सभापति देउवो विगतका गल्ती नदोहोयाउन आग्रह गर्दै कोरोना टेष्ट नगरी गाउँमा मानिसहरु पठाएर सरकाले नै आतंक फैलाउने काम गरेको आरोप समेत लगाए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ०३ बजे

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो

कलंकीमा विवादपछि कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको कलंकीमा सामान्य विवादका क्रममा कुटपिट हुँदा एक १८

सुन २ हजार ७ सय र चाँदी एक सयले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ।

रसुवाको पर्यटन क्षेत्रमा पुनःजीवन

रसुवा । रसुवाको पर्यटन क्षेत्रले पुनःजीवन पाएको छ । बेत्रावतीस्थित

प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात

काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष