१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

झापामा आइतबारबाट एक साताका लागि निषेधाज्ञा



बिर्तामोड । झापामा आइतबार रातिबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि लागू हुने गरी २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो ।

यस अवधिमा सबै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढि मानिस जम्मा हुने व्यवसाय गर्न पनि निषेध गरिएको छ ।

निषेधाज्ञा अवधिभर सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासन आग्रह गरेको छ ।

सवारी साधनमा जोर विजोर

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर सवारी साधनहरुलाई जोर-बिजोर प्रणालीबाट सञ्चालन गर्न भनिएको छ । जोर गते जोर नम्बर र बिजोर गने बिजोर नम्बरका सवारी साधन मात्र चलाउन प्रशासनले आग्रह गरेको छ । अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने रोक लगाइएको छैन ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

झापामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम