८ चैत्र २०८२, आइतबार | March 22, 2026

झापामा आइतबारबाट एक साताका लागि निषेधाज्ञा



बिर्तामोड । झापामा आइतबार रातिबाट लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले बैशाख १९ गते मध्यरातिदेखि लागू हुने गरी २६ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू हुने जनाएको हो ।

यस अवधिमा सबै प्रकारका हाट, बजार, मेला, महोत्सव, जात्रा जस्ता कार्यक्रम सञ्चालन गर्न पाइने छैन । यस्तै शैलुन, व्युटीपार्लर, जिमखाना लगायतका बढि मानिस जम्मा हुने व्यवसाय गर्न पनि निषेध गरिएको छ ।

निषेधाज्ञा अवधिभर सरकारी कार्यालय, बैंक, सहकारी तथा वित्तिय संस्थाहरुलाई आलोपालो प्रणालीबाट सेवा दिन वा अत्यावश्यक सेवा मात्र प्रवाह गर्न पनि प्रशासन आग्रह गरेको छ ।

सवारी साधनमा जोर विजोर

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर सवारी साधनहरुलाई जोर-बिजोर प्रणालीबाट सञ्चालन गर्न भनिएको छ । जोर गते जोर नम्बर र बिजोर गने बिजोर नम्बरका सवारी साधन मात्र चलाउन प्रशासनले आग्रह गरेको छ । अत्यावश्यकीय सवारी साधनहरु सञ्चालनमा भने रोक लगाइएको छैन ।

यस्तै विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यहरुमा २५ जना मात्र सहभागी हुन पाइने भएको छ भने अत्यावश्यकीय बाहेकका अन्य पसल बिहान ६ बजे देखि ११ बजे सम्म मात्र खुल्ला हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्वारा जारी आदेशमा उल्लेख छ ।

झापामा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : ५० बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय