२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कोरोना संक्रमणबाट विहारका मुख्यसचिव अरुणकुमार सिंहको मृत्यु



एजेन्सी । कोरोना संक्रमणका कारण भारतको विहार राज्यका मुख्यसचिव अरुणकुमार सिंहको मृत्यु भएको छ ।

संक्रमणपछि स्वास्थ्यमा देखिएको जटिलताका कारण शुक्रबार उनको पटनाको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिंह भारतीय प्रशासनिक सेवा (आईएएस) का वरिष्ठ अधिकारी थिए । कोरोना भाइरस परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको विहारका मुख्यमन्त्री नीतिश कुमारले जानकारी दिएका छन ।

जनता दल युनाइटेडका नेता नीतिश कुमारले राज्यको विधानसभा चुनाव जितेको केही दिनपछि सिंह यसैवर्षको फेब्रुअरीमा विहारको मुख्य सचिव नियुक्त भएका थिए । सन् १९८५ मा अधिकृत पदमा नाम निकालेका सिंहलाई वरिष्ठ आईएएस अधिकारी दीपक कुमारको ठाउँमा सरुवा गरिएको थियो ।

विहारमा हालसम्म एक लाख ८८२ जना कोभिड-१९ को सक्रिय सङ्क्रमित रहेका छन । त्यस्तै यो राज्यमा अहिलेसम्म कोभिड-१९ सङ्क्रमणका कारण दुई हजार ४८० जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ५९ बजे

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ