१८ श्रावण २०८३, सोमबार | August 3, 2026

कोरोना अस्थायी अस्पतालमै संक्रमितले गरे आत्महत्या



बुटवल । रुपन्देहीको सैनामैनामा एक जना कोरोना संक्रमितले कोरोना अस्थायी अस्पतालमै आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिकाले वनकट्टामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले झुण्डिएर लगाएर आत्महत्या गरेको प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुषले अस्थायी अस्पतालकै शाैचालयमा पासो लगाएको अवस्थामा फेला परेका थिए । मृतक १६ गते देखि सो कोरोना अस्थायी अस्पतालमा भर्ना थिए ।

अस्पतालमा रहँदा सबैसँग घुलमिल गर्ने र मिजासिला उनी आइसोलेसन अवधि पुरा गरेर एकदुईदिनमा घर जाने अवस्थामा रहेको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए । शुक्रबार दिनभरी अस्पतालले संचालन गरेको योग शिविर, प्रवचन लगायतमा सक्रिय सहभागी भएका उनी बिहान पासो लगाएको अवस्थामा फेला परेको पन्थीले जानकरी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ३८ बजे

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य

विभिन्न पाँच समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक

सवारी साधनको ठक्करबाट झापामा वृद्धको मृत्यु

भद्रपुर । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट