६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

लुम्बिनी प्रदेशमा पाल्पामा ९९.२७ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाए



बुटवल । कोरोना माहामारीको दोस्रो लहरले मुलुक आक्रान्त भएपनि कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड लगाएका अहिले सम्म कसैको कोरोना संक्रमणको कारण मृत्य नभएको खबरले खोपको प्रभावकारीता प्रमाणित हुंदै गएको छ । खोपको दुईमात्रा लगाएका एक जनालाई मात्र कोरोना संक्रमण देखिएपनि अन्य खोप लगाएका कोहि कोरेना संक्रमण भएर सिकिस्त भएको खबर प्राप्त भएको छैन ।

खोपका बिषयमा बिभिन्न भ्रमपूर्ण टिप्पणीहरु भएपनि लुम्बिनी प्रदेशमा सबै जिल्लामा ८० प्रतिशत बढीले खोपको दोस्रो मात्रा लगाएको पाईएको छ । प्रदेशका १२ जिल्लाहरुमा सबै भन्दा बढी पाल्पा जिल्लामा दास्रो मात्राको खोप लगाउने काम भएको छ । खबरकुरालाई प्राप्त तथ्यांक अनुसार पाल्पामा ९९.२७ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएको पाईएको छ । पहिलो चरणको खोप अभियानमा ५३६२ जनालाई खोप दिईएकोमा दोस्रो मात्रा खोप लगाउन ५३२३ जना खोप केन्द्रहरुमा आएका थिए । त्यसैगरि गुल्मीले दोस्रो मात्रा खोप लगाउनेमा दोस्रो स्थान हासिल गरेको छ । गुल्मीमा ९६.१० प्रतिशतलाई खोपको दोस्रो मात्रा दिईएको छ । गुल्मीमा ४१७५जनाले पहिलो मात्रा खोप लगाएका थिए भने ४०१२ जनालाई खोपको दोस्रो मात्रा दिईएको छ ।

प्रदेशको पश्चिम सिमाना बर्दियाले दोस्रो मात्राको खोप लगाउने कार्यमा तेस्रो स्थान आसिल गरेको छ । बर्दियामा ६७०७ लाई ले पहिलो मात्रा खोप दिईएकोमा ६२२१ ले दोस्रोमात्राको खोप लगाएका छन् । नवलपरासी पश्चिमले ९०.९५ प्रतिशत, कपिलवस्तुले ९०.२० प्रतिशत, अर्घाखाँची ८९.३८ प्रतिशत, प्युठानले ८८.४० प्रतिशत र रोल्पाले ८७.०१ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् ।

त्यसैगरि बाँकेले ८६.७४ प्रतिशत, रुपन्देहीले ८४.९८ प्रतिशत, दाङले ७३.९३ प्रतिशत र रुकुम पश्चिमले ६४.२४ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् । प्रदेशमा ८७.६७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

संख्याका आधारमा सबैभन्दा बढी रुपन्देहीमा १४ हजार २ सय ९७ जनाले पहिलो मात्राको खोप लगाएका थिए भने सबै भन्दा कम रुकुम पश्चिममा ७८३ जनाले पहिलो मात्राको खोप लगाएका थिए ।

निश्चित वर्ग र समूहलाई प्राथमिकताको मापदण्ड तोकरे सरकारले खोप अभियान चलाएपनि बिभिन्न भ्रमहरुका कारण तोकिएका समूहका सबैले खोप लगाउन खोप केन्द्र सम्म नपुगेको तथ्यांक यस अघि नै सार्वजानिक भएको थियो । दोस्रो चरणमा नयाँ प्रकृतिको भाइरस सहित फैलिको माहामारीका बीच खोप लगाएका मध्य नगन्य मात्रालाई कारोना संक्रमण भएको तर कोहि सिकिस्त नभएका कारण खोपको प्रभावकारीता सकारात्मक देखिएको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०५ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र