११ बैशाख २०८१, मंगलबार | April 23, 2024

भारत कोरोना : एकैदिनमा थपिए झण्डै ४ लाख संक्रमित, ३६ सय बढीको मृत्यु



काठमाडौं । पछिल्ला दिनहरुमा तीब्र रुपमा कोरोना संक्रमित बढेको भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ ।

पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका हुन ।

यसअघि अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ३६ सय ८८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ ।

संक्रमितमध्ये एक करोड ५९ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३३ लाख सक्रिय संक्रमित रहेका छन । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख नाघेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : १२ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको