४ आश्विन २०८३, आइतबार | September 20, 2026

भारत कोरोना : एकैदिनमा थपिए झण्डै ४ लाख संक्रमित, ३६ सय बढीको मृत्यु



काठमाडौं । पछिल्ला दिनहरुमा तीब्र रुपमा कोरोना संक्रमित बढेको भारतमा पछिल्लो २४ घण्टामा पनि उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ ।

पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ९२ हजार ५६२ जना नयाँ संक्रमित थपिएका हुन ।

यसअघि अघिल्लो दिन भारतमा ४ लाखभन्दा बढी संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा ३६ सय ८८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १५ हजार ५२३ पुगेको छ ।

संक्रमितमध्ये एक करोड ५९ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३३ लाख सक्रिय संक्रमित रहेका छन । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९५ लाख नाघेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : १२ बजे

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा