७ आश्विन २०८३, बुधबार | September 23, 2026

अल्पमतकै बीच मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बनाए ५ सदस्सीय मन्त्री मण्डल



बुटवल । अल्पमतमा रहेकै अवस्थामा मुख्यमन्त्रीमा पुनः नियुक्ति पाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफु सहित ५ जनाको मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ लिन नसकेपछि प्रदेश प्रमुख धर्मनाथ यादवलाई बलपूर्वक आफ्नै कार्यालय ल्याएर सपथ खाएका मुख्यमन्त्री पोखरेलले ३ जना पुराना र नयाँ अनुहारलाई मन्त्री बनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला तथा योजनामन्त्रीमा बैजनाथ चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा हरि रिजाल, भौतिक पूर्वाधार विकासमन्त्रीमा सन्तोष पाण्डे र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विजयबहादुर यादवलाई नियुक्त गरेका हुन् । चौधरी, पाण्डे र यादव यस अघिको मन्त्रिपषिदका सदस्य रहिसकेका थिए भने रिजाल पोखरेल मन्त्रिपरिषदका नयाँ सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले पनि मुख्यमन्त्रीकै कार्यालयमा सपथ खाएका छन् । बहुमत सांसदहरु सहितको धर्नाले प्रदेश प्रमुखको कार्यालय घेराउ गर्दै अल्पमतको नियुक्ति खारेज गर्न माग गरेपछि मुख्यमन्त्रीले सेना, शसस्त्र र नेपाल प्रहरीको शक्ति प्रयोग गरेर प्रदेश प्रमुखलाई आफ्नै कार्यालय झिकाएका थिए ।

विपक्षीहरुले भौतिकरुपमै ४२ जना प्रदेश प्रमुखको कार्यालय परिषरमा उपस्थित भएर माओवादी केन्द्रका संसदीयदलका नेता कुल प्रसाद केसीलाई मुख्इमन्त्रीको प्रस्ताव गरेपनि प्रदेश प्रमुखले आजै राजीनामा दिएका एमाले संसदीयदलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री कार्यालयमा पोखरेल र पोखरेलका मन्त्रीहरुले सपथ खाईरहँदा प्रदेश प्रमुखको कार्यालयमा विपक्षी सांसदहरुले नारा लगाईरहेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ११ : ०६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई