२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

चितवनमा अक्सिजन पर्याप्त स्टक



चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई ठूला सप्लायर्स जिल्लामा रहेका कारण अक्सिजन पर्याप्त रहेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका आफ्नै अक्सिजन प्लान्ट रहेका छन् । ती अस्पतालले अहिले कोभिडको उपचार गरिरहेका छन् । यसका अतिरिक्त भरतपुर महानगरपालिका–१ रामनगरमा स्वर्गद्वारी अक्सिनन प्लान्ट रहेको छ । नवलपरासीको परासीमा रहेको शङ्कर अक्सिजन ग्यास र परवानीपुरमा रहेको भाजुरत्नको अक्सिजन ग्यास पनि यहाँ आउने गर्दछ ।

यहाँ उत्पादन भएको ग्यासको ४० प्रतिशत हाराहारी उद्योगमा खपत हुने गरेको छ । अभाव हुँदै गएमा उद्योगमा पठाउने अक्सिजन रोक्न सकिने तिवारी बताउनुहुन्छ । अक्सिजन उद्योगलाई उद्योगमा पठाइएका सिलिन्डर फिर्ता ल्याउन भनिएको छ । तिवारीले भने, “सरसर्ती हेर्दा अहिले हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

निजी क्षेत्रबाट अक्सिजन उत्पादन गर्दै आएको स्वर्गद्वारी अक्सिजन प्लान्टका निर्देशक निरञ्जन न्यौपानेले जिल्लामा अहिले पाँच हजारभन्दा बढी सिलिन्डर रहेको जानकारी दिए। ठूला ४७ लिटरका र साना १० लिटरका सिलिन्डर बढी प्रयोगमा आउने गरेका छन् । केही मध्यम खालका पनि रहेको उनले बताए ।

सेन्ट्रल अक्सिजन सप्लाई भएकाले धेरैले ठूला सिलिन्डर प्रयोग गर्ने गरेका छन् । आफूले उद्योगमा पठाएका सिलिन्डर फिर्ता मागेको भन्दै उनले भने, “उद्योगबाट सिलिन्डर फिर्ता आइरहेका छन् ।” सो उद्योगले भैरहवा, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा अक्सिजन पठाउँदै आएको थियो । हाल भने पठाउन रोकिएको उनको भनाइ छ ।

यहाँको भरतपुर अस्पतालमा आफ्नै प्लान्ट छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीका अनुसार ६० प्रतिशत आफ्नै उत्पादनले धान्ने गरेको छ । नपुग निजी क्षेत्रबाट ल्याउने गरिएको छ । दैनिक ५० सिलिन्डर भरेर ल्याउने गरेको उनले जानकारी दिए ।

अस्पतालसँग एक सयभन्दा बढी सिलिन्डर रहेका छन् । हालै मात्रै प्रदेश सरकारले ४३ सिलिन्डर पठाएको तिवारी बताउँछन् । एकसय ५० हाराहारी बिरामीलाई अक्सिजनको अभाव नहुने उनको भनाइ छ ।

चितवन मेडिकल कलेजले आफैँ अक्सिनन उत्पादन गर्दै आएको छ । प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार ३०० जनासम्मलाई आफ्नै उत्पादनले धान्न सक्छ । अस्पतालमा चालु अवस्थाका र खाली सिलिन्डर जगेडाका रुपमा समेत राखिएको देवकोटाले बताए । उनले भने, “अन्य समस्या नआएमा हामीलाई अक्सिजनको अभाव हुँदैन ।”

कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालले लगानी गरेको गैँडाकोटको सिद्धिविनायक अक्सिजन उद्योग रहेको छ । सो उद्योगले आफू र अन्य क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्दै आएको छ । उद्योगको ८० प्रतिशत खपत चितवनमा हुन्छ । यहाँका अस्पताल, एम्बुलेन्स, निजी अस्पताललगायत भाजुरत्न र शङ्कर उद्योगले अक्सिजन उपलब्ध गराउँदै आएका छन् ।

केही दिनअघि मात्रै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सरोकारवालाले उद्योग र सप्लायर्सको अनुगमन गरेको थियो । सो क्रममा चिकित्सकको प्रेस्किप्सन विना घरमा सिलिन्डर राख्ने गरी बिक्री वितरण नगर्न निर्देशन दिइएको छ । यसैगरी उद्योगमा गएका सिलिन्डर फिर्ता ल्याउन र मेडिकल क्षेत्रलाई प्राथमिकता दिन भनिएको छ ।

प्रजिअ प्रेमलाल लामिछानेले तत्कालका लागि जिल्लामा अक्सिजनको अभाव नभएको बताए । आफ्नै नेतृत्वमा स्थलगत निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिइएको उनले जानकारी दिए । घरमा राखिएका सिलिन्डरमध्ये जगेडामा राखिएकालाई फिर्ता माग्न सम्बन्धित उद्योगी र सप्लायर्सलाई निर्देशन दिइएको उनी बताउँछन् । उद्योगको उत्पादन राम्रो भएको तर बिरामीको चाप बढ्दै गएमा सिलिन्डर भने थप आवश्यक पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १२ : ०० बजे

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेत्तर

एसियन कप छनोट : नेपाल चीनसँग पराजित

काठमाडौं । एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत

कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ मनोनित

काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा सचेतकमा प्रतिनिधिसभा सदस्य सुशीला थिङ