१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा थपिए ५७९ नयाँ कोरोना संक्रमित, बुटवलमा मात्र २५१ जना, ११ जनाको मृत्यु



बुटवल । रुपन्दहीमा पछिल्लो २४ घण्टामा १२८४ नमुना परीक्षण गर्दा ५७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आज पनि बुटवल उपमहानगरमा सर्वाधिक संक्रमित थपिएका छन् । बुटवलमा मात्र आज २५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा १२६ जना संक्रमित थपिएका छन् भने सिद्धार्थ नगरमा ९० जना, सैनामैनामा ३२ जना, देवदहमा २० जना, ओमसतियामा १५ जना, क१चनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि मायादेबी र सुद्धनेधनमा ९।९ जना, सियारीमा ८ जना, रोहिणीमा ४ जना, सम्मरीमाईमा २ जना र गैडहवामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

रुपन्देहीमा १३१ जनाले अस्पतालमा र ३९७४ जनाले होम आइसोलेशनमा उपचार गराईरहेका छन् । जिल्लाबाट आज ६६ जना कोरोना मुक्त भएर घर फर्केको स्थास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ५४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज