७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कोभिड संक्रमित बेड कुर्दै, उपचारमा जटिलता



बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार साझसम्म ९६ जना अक्सिजन सपोर्टमा उपचार जारी छ । जसमध्ये कोभिड आई.सी.यू.मा १६ जना, एच.डी.यू.मा ३६ जना छन । यसबाहेक फिबर क्लिनिक आइसोलेशन वार्डमा ७ जना र इमर्जेन्सीमा ३७ जना उपचारार्थ भर्ना भएका छन । यो संख्या सामान्य होईन । क्षमताभन्दा धेरै संक्रमित उपचार गरिरहेको अस्पतालका चिकित्सकहरु अहिले समस्यामा छन । दोस्रो लहरका संक्रमितहरुमा अधिकास जटिल किसिमका छन । इमर्जेन्सी र फिबर क्लिनिक आइसोलेशनमा रहेका ४४ जना एचडीयू वा आइसीयू कक्षको प्रतीक्षामा रहेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए । ‘स्थिति व्यवस्थापन निक्कै कठिन छ ।’– उनले भने ।

यता प्रदेशका राजनितिक दलका नेताहरु भने कुर्सीको खेलमा ब्यस्तछन । नया सरकारको मन्त्री मण्डलगठन गरेका मुख्यमन्त्री शंकर पोखरेलले कोभिड कोषका लागि १० करोड रकम निकासा गरेको तथा कोभिड अस्पतालमा चिकित्सकहरुको अस्थाई दरबन्दी खुलाउने मन्त्री परिषदको पहिलो बैठकबाट निर्णय गरेको छ ।

उता प्रदेशकै सुबिधा सम्पन्न अस्पतालकारुपमा चिनिएको नेपालगन्ज् स्थित भेरी अस्पताको अवस्था अझै भयावह रहेको छ । १७० बेड क्षेमता भएको अस्पतालको कोरोना वार्डमा २०० जना संक्रमितको उपचार भईरहेको छ । भेरीमा १३० जनाले जनरल वार्डमा अक्सिजनको हायतामा उपचार लिईरहेको छन् भने ३० जना आईसीयू र १० जना भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । अस्पतालले धान्न सक्ने क्षमता भन्दा बढी संक्रमित छन् । अक्सिजनको मात्र आवश्यक देखिएका कतिपय बिरामीहरु अस्पतालको बरण्डा र गल्लीहरुमा समेत राखिएको छ ।

भेरीमा जनशक्तिको अभाव :

संक्रमितको चाप र त्यसमा पनि अस्पतालमा कार्यरत मेडिकल अफिसर सहित झण्डै ९० जनालाई कोरोना संक्रमण देखिएपछि अहिले भेरी अस्पतालमा जनशक्तिको चरम अभाव देखिएको छ । सरकारले स्विकृत प्रदान गरेको करार दरबन्दी भर्नाको प्रक्रियामा नै रहेको छ भने प्रदेश सरकारले पनि आईतबार मात्र केहि दरबन्दी थपेको छ ।

अस्पतालमा जनशक्तिको अभाव देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाले आजैबाट १५ जना स्वास्थ्यकर्मीहरु भेरी अस्पतालमा पठाएको जनाएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य सहायक, स्टाफ नर्स, पारामेडिक्स र नर्सिङ गरि ४१ जना स्वास्थ्यकर्मी भर्ना गरिएकोमा १५ जना भेरीमा पठाईएको जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजमा १०० बेड कोरोना उपचारका लागि छुट्याईएपनि १४० जनाले अस्पतालमा उपचार गराईरहेका छने । ६२ जना आईसीयू र ७८ जना जनरल वार्डमा उपचार भईरहेको कलेजका उपनिर्देशक नितेश कनोडियाले जनाएका छन् ।

लुम्बिनीमा कोरोना संक्रमितकै लागि भनेर चारवटा विशेष अस्पताल छन् । लुम्बिनी प्रादेशिक अस्पतालको बुटवल धागो कारखानामा कोरोना बिशेष अस्पताल, भीम अस्पताल भैरहवा, भेरी अस्पताल बाँके र बेलझण्डी अस्पताल संक्रमितहरूको आशाका केन्द्र हुन् ।

स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी रोशलाल चौधरीका अनुसार हिजोसम्म प्रदेशका चारवटा कोभिड अस्पतालको जनरल बेडमा १ सय ९८ जना, अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिट (एचडीयू) र सघन उपचार कक्ष आईसीयूमा २ सय २२ जना अनि भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २२ जना जनरल वार्डमा उपचारत छन् । कपिलवस्तु जिल्ला अस्पतालको जनरल वार्डमा सात जना र एक जना आईसीयूमा छन् । पृथ्वीचन्द्र अस्पताल परासीमा जनरलमा एक जना, रोल्पामा १ जना र पूर्वरुकुम अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको उनले बताए । प्रदेशका विभिन्न छवटा निजी अस्पतालमा २ सय १७ जना संक्रमितको जनरल वार्डमा उपचार भइरहेको छ । एचडीयू र आईसीयूमा ५४ र भेन्टिलेटरमा छ जनाको उपचार भइरहेको चौधरीले बताए ।

नेपालगञ्ज मेडिकल कलेजमा १ सय तीन जना लक्षणसहितका संक्रमित छन् । यीबाहेक ४० जना एचडीयूमा उपचाररत छन् । युनिर्भसल कलेज अफ मेडिकल कलेजमा ५५ वटा जनरल बेड, ९ आईसीयू र ६ भेन्टिलेटर भरिभराउ छन् । यसैगरी देवदह मेडिकल कलेजमा पाँच जना, क्रिमसन अस्पतालको जनरल बेडमा १०, आईसीयूमा ५, युनाइटेड मिसन पाल्पाको जनरल बेडमा २६ जना र लुम्बिनी मेडिकल कलेज पाल्पामा १८ जना जनरल वार्डमा संक्रमितको उपचार भइरहेको चौधरीले बताए ।

स्थानिय सरकार आईसोलेसन खोल्दै :

सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा अस्थाई अस्पतालको सेवा शुरु गरिएको छ । दोस्रो लहरको संक्रमणको सर्ने दर र प्रभावलाई मध्येनजर गरि होम आईसोलेसनभन्दा अस्थाई अस्पताल उपयोगी देखिएको सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर केसीले बताए । संघिय सरकारबाट प्राप्त भएको ४ करोड र नगरको १ करोडबाट चिकित्सालयको भवन निमार्ण जारी रहेको उनले बताए । होम आईसोलेसनमा बस्दा अक्सिजन दिनुपर्ने अवस्था भएका बिरामीहरुलाई अस्थाई अस्पतालमा ल्याएर सेवा दिईने उनले बताए । ‘अघिल्लो वर्ष पनि कोभिडको बिरामीहरुलाई सेवा दिएको नगरपालिका यसपटकको दोस्रो वेभमा पनि अस्पतालमा बेड अभाव देखिएपछि नगरभित्र नै दोस्रो पटक सेवा शुरु गरेका हौ ।’– उनले भने । पाच बेड स्वीकृत भएको अस्पतालमा अहिले पाच वटै बेडमा अक्सिजनसहित अन्य ४५ बेडमा उपचार गर्न सकिने गरि पूर्वाधार तयार भएको उनले बताए । कुल २५ जना चिकित्सक, कर्मचारीहरुले सिफटमा सेवा दिने उनले बताए । एउटा एक्सरे मेशिन, ३० वटा सिलिण्डर उपलब्ध भए ४५ बेडको आईसोलेसन अस्पताल संचालन गर्न सकिने उनले बताए । कोभिड–१९ को समस्या समाधानका लागि आफुहरु अगाडि बढेको भन्दै यसमा संघ र प्रदेश सरकारको साथ जरुरी रहेको उनले बताए ।

सैनामैना नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले कोभिड कोषमा ४८ लाख रकम रहेको बताए । यही रकमबाट असारसम्म खर्च ब्यवस्थापन गर्न सकिने उनले बताए । ‘अघिल्लो वर्ष राहतसहित प्रदेश सरकारबाट समेत प्राप्त भएको १ करोड रकम कोभिड रोकथाममा खर्च भयो ।’– उनले भने । गतवर्ष ५ सय ३० जनाको आरडिटी, पिसिआर परिक्षण तथा २ सय २७ जना कोभिड–१९ बिरामीहरुलाई आईसोलेसन सेन्टरमा आवास र खानाको समेत ब्यवस्था गरिएको उनले बताए । तलब भत्ता बेड उपचार खर्च गरि भएको छ । आईसोलेसन सेन्टर ४ वटा विद्यालयमा राखिएको थियो । नगरमा गतवर्ष कोभिड–१९ का कारण उपचारका क्रममा ११ जना मृत्यु भएको थियो ।

शंकरनगर स्वस्थ्य चौकीमा संचालन गरिएको कोभिड आईसोलेसन सेन्टरमा १२ जना कोभिड संक्रमित बिरामीहरु उपचारार्थ भर्ना भएका छन । त्यसमध्ये ३ जनाको अवस्था जटिल रहेको तिलोत्तमा नगरपालिकाका जनस्वस्थ्य निरिक्षक राजेश ज्ञवालीले बताए । समुदायमा थप संक्रमण रोक्न आईसोलेसन सेन्टर उपयोगी भएको उनले दाबी छ । कुल २० बेडको क्षमता रहेको आईसोलेसन सेन्टरमा पुर्ण रुपमा अक्सिजन ब्यवस्था गरिएको छ ।
कोभिड–१९ को दोस्रो लहरसंगै संक्रमण बढेपछि रुपन्देहीका स्थानिय सरकारहरु कोभिड अस्थाई अस्पतालको सेवा शुरु गरेका छन । रुपन्देहीको तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका, ओमसतिया गाउपालिका, सियारी गाउपालिकाले कोभिड संक्रमित बिरामीलाई सेवा दिन अस्थाई अस्पताललाई प्राथमिकता दिएका छन ।

प्रदेशका प्राय सबै स्थानीय तहले आइसोलेशन बनाएपनि अधिकांस आइसोलेशनहरु स्वास्थ्य मापदण्ड बिपरित रहेको चिकित्कहरुले बताएका छन् । बिना चिकित्सक र दक्ष जनशक्ति बिना आइसोलेशन संचालन गर्दा स्थिती थप जटिल हुन सक्ने चिकित्सकहरुले औंल्याएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  १० : २२ बजे

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा प्रतिपक्षी बेन्च खाली भएपछि

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।