२८ असार २०८२, शनिबार | July 12, 2025

निजी अस्पताल र मेडिकल कलेजले कोरोना संक्रमितका लागि बेड नछुट्याए पीसीआर टेस्ट अनुमति खारेज गरिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुले एक तिहाई बेड र निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना भाइरसका संक्रमितको लागि छ्ट्याउनुपर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले निजी अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेज एवं प्रतिष्ठानका लागि अलग्गै ब्लक या भवनमा एक तिहाई बेड नछुट्याए पीसीआर टेष्स्ट अनुमति खारेज गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले प्रष्ट पारे ।

मन्त्रालयको इन्सिेडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले बेड छुट्याउने निजी अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानलाई पीसीआर अनुमति यथावत राख्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता गौतमले बेड छुट्याउनै पर्ने तर्क गर्दै भने सरकारी अस्पतालहरुमा कोरोना संक्रमित भरिएको अवस्थामा निजी अस्पताल या मेडिकल कलेजहरुले बिरामीको उपचार भन्न नसक्ने अवस्था आउने जिकिर गरे ।

प्रवक्ता गौतमले भने, ‘अबको कम्तिमा दुई वर्ष कोरोना बाहेक अन्य बिरामीको मात्र उपचार गर्छु भन्न सम्भव छैन । त्यतिबेला उनीहरुले आफ्नो अस्पताल या मेडिकल कलेजमा आउने बिरामीलाई उपचार गर्दिन भन्न सक्दैनन् ।’

कोरोना हव अस्तपालमा बिरामी भरिएपछि स्वतः निजी अस्पतालमा बिरामी पुग्ने भएका कारण अहिलेदेखि नै बेड छुट्याउन र त्यसका लागि मेनपावर तयार गर्नुपर्ने अवस्था निजी अस्पताल र मेडिकल कलेजहरुलाई आइपरेको गौतमले बताए ।

त्यतिबेला अस्पताल बन्द गर्छु भन्न निजी अस्पताल र मेडिकल कलेजका संचालकहरुले भन्न नसक्ने उनले जिकिर गरे ।

मन्त्रालयले यसअघि नै सूचना जारी गर्दै निजी अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत र मेडिकल कलेजहरुलाई अलग्गै ब्लकमा एक तिहाई बेड छुट्याउन आग्रह गरेको थियो । त्यसका लागि कोरोना संक्रमितलाई उपचार गर्न प्रतिदिन प्रति बेड ३५ सय देखि १५ हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने पनि मन्त्रालयले निर्णय गरेको थियो ।

तर निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघले समेत सरकारको निर्णय अव्यवहारिक भएको भन्दै सच्चाउन आग्रह गरेका थिए ।

उनीहरुले कोरोना संक्रमित र अन्य बिरामीहरुलाई एउटै अस्पतालमा उपचार गराउँदा भयावह अवस्था आउने दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ५ : १४ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली । टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

आर्थिक वृद्धिदरमा सुधार भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

अहिलेको सत्ता सहयात्रा चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन