२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना, आइसोलेसनमा बसेकालाई घरमै पु-याइने



बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरि निशुल्क अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोलीले अस्किजन लिएर पुग्ने ब्यवस्था मिलाईएको बुटवल उपमहानगरले जनाएको छ ।

अक्सिजन बैंकको मंगलबार एक संक्षिप्त कार्यक्रमका बीच उपमहानगर प्रमुख शिवराज सुवेदीले सेवा प्रारम्भ गरेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख सुबेदीले उपमहानगर कार्यालय परिसरमा अक्सिजन सहितको सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको जानकारी दिए ।

यस अघि कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधि बोकेर जनप्रतिनिधि आफै घर–घरमै गुग्ने कामको सुरुवात गरेको बुटवल उपमहानगरले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मी सहितको टोलीले सिलिन्डर पु¥याउने गरि नेपालमै नयाँ कामको थालनी गरेको दाबी गरेको छ ।

पहिलो चरणमा एक सय थान सिलिण्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै दिन सकिए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीले बताए ।

अक्सिजनको नियमित आपुर्ति, सेवाग्रहीसम्म पु¥याउने ब्यवस्था र अक्सिजन बैंक संचालनका लागि बुटवल उपमहानगरका उप प्रमुख गुमादेबी आचार्यको संयोजकत्वमा कार्यदल समेत बनाईएको छ । सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक शुभारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले जानकारी दिए । कार्यदलमा रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, औषधि व्यवसायी संघका सुरज भट्टराई,
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधन लगायत रहेका छन् ।

अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलव्ध आवश्यक पर्नेहरुका लागि मापदण्डसमेत बनाइएको कार्यदलकी संयोजक एवम् उपप्रमुख आचार्यले बताईन् ।

होम आइसोलेशनमा मापदण्ड पूरा गर्न आग्रह

कोरोना संक्रमित भई आफुखुसी होम आइसोलेसनमा बस्ने परिपाटी बढेपछि होम आइसोलेशनमा बसेकाहरुलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ । होम आइसोलेशनमा बसेकाहरुले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपील समेत गरेको छ ।

संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिण्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत रेग्मीले बताए ।

कन्ट्रयाक ट्रेसिङ र लक्षण देखिए निशुल्क परीक्षण

उपमहानगरपालिकाले संक्रमितको परिवार तथा समुदायमा कन्ट्रयाक ट्रेसिङ गर्ने र लक्षण देखिए निशुल्क परीक्षणको समेत व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षण गरिने छ । संक्रमितहरुका लागि सवारी साधनको आवश्यक परेमा होल्डिङ सेन्टरसम्म र आइसोलेशनदेखि आपतकालिन सेवा प्रदान गर्ने स्थलसम्म पु¥याउन सवारी साधनको समेत व्यवस्था मिलाइएको उपमहानगरका प्रवक्ता राम प्रसाद रेग्मीले बताए ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ४ : १९ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा