१४ चैत्र २०८२, शनिबार | March 28, 2026

रुपन्देहीमा अहिले सम्मकै धेरै संक्रमित थपिए, मंगलबार थपिए ७९७ जना, बुटवलमा मात्रै ३३२



बुटवल । स्थानीय प्रशासनले निषेधाज्ञालाई कडा बनाएको दाबी गरेपनि रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रम घटेको छैन । जिल्लामा निषेधाज्ञा जारी गरेको छैठौं दिन रुपन्देहीमा अहिले सम्मकै बढी संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा प्रभावकारी कार्यान्वयन हुन नसक्दा जिल्लामा हरेक दिन संक्रमितको संख्या बढ्दै गएको हो । सुचनामा पूर्णरुपमा निषेधाज्ञा गरिएको भनिएपनि जिल्लाका भित्रि बजार र बिहानी तरकारी, मासु तथा उपभोग्य समानका पसलहरुमा लाग्ने भिडमा कुनै कमी आएको छैन ।

आज पनि बुटवल संक्रमित थप्ने पालिकामा अग्रभागमा रहेको छ । बुटवल उप महानगरमा मात्र ३३२ जना नयाँ संक्रमित थपिएका छन् । तिलोत्तमामा १५८ जना, सिद्धार्थनगरमा १०८ जना, देवदहमा ४२ जना, सुद्धोधनमा ५७ जना र सैनामैनामा ३५ जना नयाँ संक्रमित थपिएका छन् । त्यसैगरि ओमसतियामा २२ जना, रोहिणीमा १९ जना, सियारीमा ८ जना, कञ्चनमा ६ जना, मायादेबीमा ५ जना, गैडहवामा ३ जना र मर्चवारी र लुम्बिनी सांस्कृतिक नगरमा १।१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने २२२ जना संक्रमित संक्रमण मुक्त भएर घर फर्केका छन् । जिल्लामा १५७ जना लक्षण सहितको संक्रमितहरुले अस्पताल तथा आइसोलेशनमा उपचार गराईरहेका छन् भने ४५१९ जना होम आइसोलेशनमा रहेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ४८ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने