६ पुस २०८२, आइतबार | December 21, 2025

ओलीलाई विश्वासको मत प्राप्त गर्नबाट रोक्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्न नदिने निर्णय गरेको छ ।

शभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारीको मंगलबार बसेको बैठकले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न नदिने निर्णय गरेको हो । ओलीले यही वैशाख २७ गते विश्वासको मत हासिल गर्नका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाएका छन् ।

ओलीलाई संसदमा बहुमत पुर्याउनबाट रोक्ने निर्णय भएको नेता प्रकाशशरण महतले जनाएका छन् । महतले भने, ‘विश्वासको मत लिनबाट ओलीजीलाई फेल गराउन लाग्ने निर्णय भएको छ ।’

कांग्रेसले विश्वासको मत हासिल गर्ने ओलीको योजनालाई असफल बनाउन माओवादी केन्द्र, जनता समाजवादी पार्टी र अन्य दलहरुसँग पनि छलफल गर्ने भएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ५ : ४९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ