४ आश्विन २०८३, आइतबार | September 20, 2026

अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा ३ जना पक्राउ



जनकपुरधाम । महोत्तरीबाट अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर-६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर-७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

जलेश्वर नगरपालिका वडा नम्बर-३ स्थित नेपालबाट भारततर्फ लैजानका लागि राखिएको अवस्थामा ३ थान प्याक अक्सिजन सिलिन्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।

गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर-१२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कोर्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिन्डर बरामद गरेको उनले बताए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०७ बजे

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन

बुटवलमा मंसिर २६ र २७ गते दोस्रो मगर साहित्य महोत्सव हुँदै

बुटवल । मगर समुदायको भाषा, साहित्य र कलाको पहिचान गर्दै

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा