३ पुस २०८२, बिहिबार | December 18, 2025

अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा ३ जना पक्राउ



जनकपुरधाम । महोत्तरीबाट अक्सिजन सिलिन्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिकामा भारततर्फ पठाउन लागेको अवस्थामा सिलिन्डरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर-६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र वडा नम्बर-७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।

जलेश्वर नगरपालिका वडा नम्बर-३ स्थित नेपालबाट भारततर्फ लैजानका लागि राखिएको अवस्थामा ३ थान प्याक अक्सिजन सिलिन्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।

गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर-१२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कोर्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिन्डर बरामद गरेको उनले बताए ।

पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ०७ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको