१८ असार २०८३, बिहिबार | July 3, 2026

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता (पत्रसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेको छ ।
माओवादीले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिँदै आएको समर्थन फिर्ता गरेको पत्र बुझाएको छ । यससँगै ओली सरकार अल्पमतमा परेको छ ।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सो पत्र बुझाएका छन् ।

समर्थन फिर्ताको पत्र बुझाए पछि प्रमुख सचेतक देव गुरुङले संचारकर्मीहरुसँग कुर गर्दै प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गएका कारण उनले सरकारमा निरन्तरता पाउँदा थप क्षति हुनेभएकाले समर्थन फिर्ता लिएको बताए ।

गुरुङले भने, ‘उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।’ गुरुङले सरकारले संसदको नियमित अधिवेशन बोलाउनु पर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउएर संविधान विपरित काम गरेको समेत बताए ।

माओवादीले ओलीको विकल्पमा नयाँ सरकार बनाउन पहल गरेपनि औपचारिक समर्थन फिर्ता लिएको थिएन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १४ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले