१ पुस २०८२, मंगलबार | December 16, 2025

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा दर्ता (पत्रसहित)



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ता गरेको छ ।
माओवादीले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिँदै आएको समर्थन फिर्ता गरेको पत्र बुझाएको छ । यससँगै ओली सरकार अल्पमतमा परेको छ ।
माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सो पत्र बुझाएका छन् ।

समर्थन फिर्ताको पत्र बुझाए पछि प्रमुख सचेतक देव गुरुङले संचारकर्मीहरुसँग कुर गर्दै प्रधानमन्त्रीले संविधान विपरीत कदमहरु चाल्दै गएका कारण उनले सरकारमा निरन्तरता पाउँदा थप क्षति हुनेभएकाले समर्थन फिर्ता लिएको बताए ।

गुरुङले भने, ‘उहाँकै सरकार निरन्तर रहिरहँदा राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सबै मुद्दाहरुमा गम्भीर खतरा पैदा भएर कालान्तरमा राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्न सक्ने भएकाले आजैका मितिदेखि लागू हुने गरी समर्थन फिर्ता लिएका छौं ।’ गुरुङले सरकारले संसदको नियमित अधिवेशन बोलाउनु पर्नेमा विश्वासको मत मात्रै लिने गरी विशेष अधिवेशन बोलाउएर संविधान विपरित काम गरेको समेत बताए ।

माओवादीले ओलीको विकल्पमा नयाँ सरकार बनाउन पहल गरेपनि औपचारिक समर्थन फिर्ता लिएको थिएन् ।

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १ : १४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज