१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आइएमई पे बाट मध्य भोटेकोशी जलविद्युतको आईपिओमा आवेदन दिन सकिने



काठमाडौ। आइएमई पे बाट मध्य भोटेकोशी जलविद्युतको आईपिओमा आवेदन दिन सकिने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको हो ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने उल्लेख गरे ।

यसरी आइएमई पे बाट आवेदन भर्दा निश्चित प्रकृयाहरू पुरा गर्नुपर्ने हुन्छ । तपाइँले पहिलोपटक आइएमई पे प्रयोग गर्दै हुनुहुन्छ यदि भने सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ । तपाइँको कारोबारको सुरक्षा र गोपनीयाताका लागि तपाइँको नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत तपाइँसँग सम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ ।

यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ । त्यसपछि तपाइँ एपको गृहपृष्ठमा प्रवेश गर्न सक्नुहुनेछ त्यहाँ तपाइँले ‘आइपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आइपीओसँग सम्बन्धित आफ्नो सवै विवरण भर्नुहोस् र त्यसलाई एकपटक रूजु गरी आफ्नो पीन कोड थिच्नुहोस् । यसरी तपाइँले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्नुहुनेछ । यसरी आइपीओ भर्दा तपाइँलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्नेछैन ।

मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपिओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ८ : ३५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा