२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

भारतमा संक्रमितको संख्यामा अहिले सम्मकै उच्च, एकैदिन ४ लाख १२ हजार बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस सङ्क्रमणले नयाँ रेकर्ड बनाउने क्रम पुनः दोहोरिएको छ । दुई दिन लगातार सङ्क्रमितको संख्या घटेपनि आज बढेर फेरी नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ४९ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी