२३ बैशाख २०८१, आइतबार | May 5, 2024

भारतमा संक्रमितको संख्यामा अहिले सम्मकै उच्च, एकैदिन ४ लाख १२ हजार बढी संक्रमित



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरको ‘हटस्पट’ बनेको भारतमा कोरोना भाइरस सङ्क्रमणले नयाँ रेकर्ड बनाउने क्रम पुनः दोहोरिएको छ । दुई दिन लगातार सङ्क्रमितको संख्या घटेपनि आज बढेर फेरी नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४ लाख १२ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा उच्च हो ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार (१८ वैशाखमा) कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या अझ बढेको हो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड १० लाख ७० हजार ८५२ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७२ लाख ६९ हजार ७६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३५ लाख ७१ हजार ६२५ छ ।

यस्तै त्यहाँ एकैदिन ३९ सय ८२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ३० हजार १५१ पुगेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ८ : ४९ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ