७ आश्विन २०८३, बुधबार | September 23, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको चरम अभाव, आपुर्ति बढाउन नसकिए थाम्न नसकिने अस्पतालको भनाई



बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिनको स्टक सकिन थालेपछि भर्ना भएका बिरामीहरु जोखिममा पर्ने भएका छन् ।

अक्सिजन सप्लायर्सले समयमा अक्सिजन आपुर्ति नगरिदिँदा अस्पतालमा मौज्दात अक्सिजन सकिन थालेको र कोरोना संक्रमितको चाप बढ्दै गएपछि अस्पतालमा उपचाररत बिरामी ठूलो संकटमा पर्ने अवस्था देखिएको हो ।

बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्था हुनुका साथै समयमा आपुर्ति नहुँदा चरम अभावको अवस्था देखिन थालेको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा आज दिउँसो सम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपुर्ति नभए अवस्था नाजुक हुन सक्ने बताए ।

डा. गौतमका अनुसार अस्पतालमा नियमित चलिरहेको उपचारको हकमा अहिले दैनिक २०० सिलिण्डरको माग रहेको छ । आपूर्ति दैनिक ८० देखि १०० सिलिण्डर मात्र छ । ‘हिजो ६० सिलिण्डर आएको थियो आज कतिबेला कति झर्ने हो थाहा छैन, आपूर्ति नबढाउने हो भने अवस्था खतरा तर्फ जाँदैछ,’ उनले भने ।

बुटवलमा मात्रै अहिले दैनिक ३०० बढी कोरोना संक्रमित थपिँदै गएका छन् । अस्पतालले अहिले नेपालगञ्जबाट अक्सिजन ल्याइरहेको छ । जताततै अक्सिजनको माग आएको भन्दै सप्लायर्सले नियमित भन्दा बढी आपुर्ति गर्न नसक्ने बताएपछि समस्या आएको डा. गौतमले बताए । अस्पतालले अन्य आपूर्तिको पहल भइरहेपनि अहिले सम्म कुनै सप्लायर्ससँग सम्झौता हुन नसकेको उनले बताए । अस्पतालकै अक्सिजन प्लान मरमत गरि संचालनमा ल्याईएको जानकारी दिंदै थोरै भएपनि त्यसले राहत पुग्ने डा. गौतमले बताए ।

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा दैनिक १५० सिलिण्डरको खपत हुँदै आएको छ । संक्रमित बढेपछि त्यहाँको पनि माग बढेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शंका लागेका बिरामीलाई पनि इमर्जेन्सीमा राखेर उपचार गरिने गरि ब्यवस्था मिलाईएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गरेको प्रवक्ता डा. गौतमले बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले नागरिक हेल्प डेस्कबाट दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन आपुर्ति गरिदिन सामाजिक सञ्जाल मार्फत याचना गरेका छन् । उनले अहिले सप्लायरबाट आपूर्ति भएको १००-१५० सिलिन्डर अक्सिजनले थाम्न नसकिने समेत बताएका छन् ।

‘अझ हामीले २-४ दिनमै अर्को एच डी यू खोल्दा र अन्य अक्सिजन बेड थप्दा सम्भव भए ३०-३५ बेडको अर्को कोभिड आइ. सी. यू. बनाउंदा कम्तिमा १००० सिलिन्डरको आपूर्ति हुनुपर्ने हुन्छ, कसरी गर्नु ब्यवस्था ? लौ न हजुर, केही त गरौं ! ‘ उनले आफ्नो फेसबुक वालमा याचना गरेका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ९ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई