काठमाडौं । नेपाली संगीतका धरोहर बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ः४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो ।
सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई आजै बिहान न्यूरो अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको प्रधानको पारिवारीक स्रोतले जनाएको छ ।
प्रधानको घुम्तीमा नआउ है, पर लैजाउ फुलहरु छोपी देउ तारा जुन, नमान लाज यसरी जस्ता गीतहरु प्रसिद्ध छन् ।
प्रतिक्रिया