८ बैशाख २०८१, शनिबार | April 20, 2024

एनआरएनएद्वारा देशका विभिन्न शहरमा स्वास्थ्य हटलाइन सेवा सुरु



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) सरु गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड १९ को महामारीमा परेका विरामीहरुको उपचारमा सहयोग गर्ने उदेश्यले बिहीबारदेखि देशैभर हटलाइन सेवाको सुरुआत गरेको हो ।

नेपाल मेडिकल एशोसियन र डाँफे किएरको सहकार्यमा संघले काठमाडौं, जनकपुर, धरान, नेपालगन्ज, विराटनगर, राजविराज, धनगडी क्षेत्रमा मोवाईल हटलाइन सेवा सुरु गरेको हो ।

हटलाइन सेवाको लागि डा. शिव श्रेष्ठ, डा. प्रमोद जोशी, डा रितेश थापा, डा. राम नरेश पण्डित, डा. बिपेश आचार्य, डा. प्रदीप मिश्र, डा. दिनेश श्रेष्ठ, डा. रइस पोखेल, डा. राजेन्द्र चौधरी, डा. राजन शर्मा लगायत करिब दुई दर्जन चिकित्सकहरु परिचालन गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

नेपाल मेडिकल एशोसियनका बरिष्ठ उपाध्यक्ष डा. शिव श्रेष्ठले संघसंगको सहकार्यमा सुरु भएको हटलाइन सेवाले कोभिड १९ का विरामीलाई राहात पुग्ने विश्वास व्यक्त गरे । उनीले हटलाइन सुरु भएको केही घण्टामानै दर्जनौ कल आउन थालेको जानकारी दिए ।

कोभिड १९ सम्बन्धी समस्या परेका बिरामीले सिधैं ती चिकित्सकहरुको मोवाई नम्बरमा वा ९८८००३५००० मा सम्पर्क राख्न सक्ने छन् ।

यसअघि संघले विदेशस्थित नेपालीहरुको सहयोगको लागि हटलाइन सेवा सुरु गरेको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ५ : ४२ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको