१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनले गरे कोरोना संक्रमणमा केन्द्रित हुन प्रदेश सरकारको ध्यानाकर्षण



बुटवल । लुम्विनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने गठवन्धन दलले कोभिड –१९को महामारी नियन्त्रण र व्यस्थापन गर्न प्रदेश सरकारको गम्भिर ध्यानाकषर्ण गराएका छन । शुक्रवार संयुक्त रुपमा विज्ञप्ती जारी गरि संसदीय दलका नेताहरुले कोरोना भाइरसको दोस्रो चरणको माहामारीको कारण जनजिवन भयावह अवस्थामा पुगेको जनाउदै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशिध्र छिटो प्रवाह गर्न ध्यानकर्षण गराएको हो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता तथा पुर्व मन्त्री कुल प्रसाद केसी, नेपाली कांग्रेसका प्रमुख सचेतक फकुरुद्धिन खांन, जसपा नेपालका सचेतक पुर्मती ढेंगामगर र राजमोका तारा जिसीद्धारा जारी विज्ञप्तीमा संक्रमितहरु सामान्य अक्सिजन समेत नपाएर मर्न वाध्य भएका घटनाहरुले गठबन्धन दललाई गंभिर बनाएको उल्लेख छ । मुख्य मन्त्री शंकर पोखरेललाई आसियु वेड र भेन्टीलेटर वेडको विस्तार र अक्सिजनको व्यवस्था गर्नुपर्ने ठाउंमा दुई दिनमा ४ जनालाई स्वास्थ्य मन्त्री फेरबदल गरि सपथ ग्रहण गराई मन्त्री पद बाड्नमा व्यस्त रहेको आरोप लगाईएको छ ।

अहिलेको अवस्था आउनुमा लुम्बिनी प्रदेश सरकारको लाचारीपना, लापरबाही र असक्षमता भएको ठहर गठवन्धन दलले गरेको छ । “यो जनताप्रतिको असंवेदनसिलता र लापरबाहीको घोर विरोध गर्दै मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ र संक्रमित बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै लुम्बिनी प्रदेश सरकारले तत्काल व्यवस्था गर्न सक्ने तपसिलका सेवाहरु उपलब्ध गराउन ध्यानाकर्षण गराउंदछौं । ” संयुक्त विज्ञप्तीमा उल्लेख छ ।

गठवन्धन दलले सबै सरकारी जिल्ला स्तरका अस्पताल नेपालगंजको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडियु वेड निर्माण गर्न, बुटवल, नेपालगंज र दाङ्गको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु वेड र भेण्टीलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानकर्षण गराएको हो ।

त्यसैगरी दाङ्गको वेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पुर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० वेड विस्तार गरी ३० वेडको आईसियु निर्माण गर्न लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपुर्ति सहित मर्मत संहार गरी सिलिण्डरको व्यवस्था सहित सञ्चालन ध्यानकर्षण गराईएको छ । प्रदेशमा रहेका अक्सिजन खपत गर्ने उद्योगहरुको अक्सिजन सिलिण्डर केन्द्रित गरि अस्पताल प्रयोजनको लागि परिचालन गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत गरिएको स्वास्थ्यकर्मीको ५८३ दरबन्दी अपर्याप्त रहेको हुंदा कम्तिमा १२०० स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गर्न, नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजि डक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ ।

विगतमा सञ्चालन गरिएका सबै आईसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजन सहितको १५ सय वेड निर्माण गर्न भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजांचको व्यवस्था र आईसोलेशन सेन्टरको स्थापना गरि संक्रमितहरुलाई त्यही उपचारको व्यवस्था गर्न र अस्पतालमा भर्ना भएका कोरोना संक्रमित विरामीहरुको खानाको व्यवस्था निशुल्क गर्न समेत विज्ञप्ती मार्फत ध्यानकर्षण गराईएको छ । गठवन्धन दलले गठवन्धन दलका प्रदेश सभा सदस्य हरुलाई १२ वटै जिल्लाहरुको अस्पतालहरु र संक्रमितहरुको अवस्था अनुगमन गर्न खटाएको जनाएको छ । पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुलाई सतर्कता अपनाउंदै कोरोना संक्रमितहरुको सेवामा जुट्न आब्हान गरिएको छ । साथै गठवन्धन संसदीय दलले कोभिड १९ वाट संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना तथा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार  ५ : ५२ बजे

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख

जीर्ण महोत्तरी कारागारको तत्काल जीर्णोद्धार थाल्न सुझाव

महोत्तरी । महोत्तरी कारागार जीर्ण भएको छ । सङ्घीय संसद्को