५ पुस २०८२, शनिबार | December 20, 2025

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी कोरोना संक्रमित



चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् ।

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् ।

बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना संक्रमित भएका उनले जानकारी दिए ।

उनका अनुसार संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरूमध्ये कतिपय सन्चो भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुख समेतलाई संक्रमण देखिएको छ ।

जिल्लामा वैशाखमा मात्रै २ हजार ८० जनामा संक्रमण देखिएको छ । जसमध्ये १७ जनाको मृत्यु भइसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक ७ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये अधिकांश बाहिरी जिल्लाका छन् । रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता