७ आश्विन २०८३, बुधबार | September 23, 2026

किर्ते सुचनाले जनता त्रसित बनेको भिम अस्पतालको स्पष्टीकरण



बुटवल । रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालले शुक्रबार प्रकाशन गरेको संक्रमितले आफै अक्सिजनको ब्यवस्थापन गर्न भनिएको सुचना किर्ते भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले आरोप लगाएकी छिन् । अस्पताल प्रशासनको नामबाट शुक्रबार प्रकाशित सुचनामा भर्ना भएका संक्रमितलाई समेत अक्सिजन पु¥याउन सक्ने अवस्था रहेको भन्दै साहि अनुसार ब्यवस्थापन गर्न सुचित गरिए पछि अस्पतालको चौतर्फि आलोचना भएको थियो ।

शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो ।

सामाजिक सञ्जालमा ब्यापक बिरोध आएपछि अस्पताल प्रमुख डा. गुप्ताले अस्पतालमा अक्सिजनको अभाव नभएको भन्दै अर्को बिज्ञप्ति निकालेकि थिईन् । उनले बिज्ञप्तिमा अस्पताल प्रशासनलाई जानकारी नै नदिएर बिज्ञप्ति सार्वजानिक भएको भन्दै अस्पतालमा अक्सिजनको अभाव नभएको स्पष्ट पारेकी थिईन् ।

अस्पतालको दोहोरो बिज्ञप्तिका सम्बन्धमा खबरकुरासँग कुरा गर्दै अस्पताल प्रमुख डा. गुप्ताले आफुलाई जानकारी नै नदिएर हस्ताक्षर समेत नगरि किर्ते बिज्ञप्ति प्रकाशन गरिएको बताईन् । उनले बिज्ञप्तिका बिषयमा आफुले छानविन गरिरहेको बताउँदै जनतामा त्रास फैलाउने गरि बिज्ञप्ति आएको बताईन् ।

भर्ना भईसकेका संक्रमितका लागि स्थानीय प्रशासनको सहयोगमा काम चलाउ अक्सिजनको ब्यवस्था भईरहेको भएपनि नयाँ थप हुन सक्ने संक्रमितलाई भने अक्सिजन अपुग हुने डा. गुप्ताले बताईन् । आफ्नो लगातारको प्रयासले स्थानीय प्रशासनको सक्रियतामा शंकर अक्सिजनबाट दैनिक १५० र लुम्बिनी अक्सिजनबाट दैनिक ५० सिलिण्डर अक्सिजन आपुर्तिको सम्झौता भएको उनले जानकारी दिईन् ।

भिम अस्पतालमा दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजनको खपत हुन्छ । हाल अस्पतालमा ७१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

अस्पतालको २५ बेड एचडीयू र ५ बेड आईसीयू क्षेमता भएपनि अन्तरंग विभाग र भुईमा म्याट्रेस राखेर अस्पतालले ७१ जना भर्ना गरेर उपचार सेवा दिइएको गुप्ताले बताइन् ।

अस्पतालको माथिल्लो तलामा अक्सिजन पाइपलाइन विस्तार र लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि सम्बन्धित मन्त्रालयमा कुरा भइरहेको बताउँदै उनले एकदुईदिनमा त्यो प्रक्रिया अगाडी बढ्ने बताईन् । पाईपलाईनको काम सम्पन्न भएपछि थप ३५ जना समेत गरी कूल सय जना कोरोना संक्रमितलाई उपचार दिन सकिने डा. गुप्ताले बताइन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई