१ पुस २०८२, मंगलबार | December 16, 2025

किर्ते सुचनाले जनता त्रसित बनेको भिम अस्पतालको स्पष्टीकरण



बुटवल । रुपन्देहीको भैरहवा स्थित भिम अस्पतालले शुक्रबार प्रकाशन गरेको संक्रमितले आफै अक्सिजनको ब्यवस्थापन गर्न भनिएको सुचना किर्ते भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले आरोप लगाएकी छिन् । अस्पताल प्रशासनको नामबाट शुक्रबार प्रकाशित सुचनामा भर्ना भएका संक्रमितलाई समेत अक्सिजन पु¥याउन सक्ने अवस्था रहेको भन्दै साहि अनुसार ब्यवस्थापन गर्न सुचित गरिए पछि अस्पतालको चौतर्फि आलोचना भएको थियो ।

शुक्रबार दिउँसो अस्पतालका नाममा प्रकाशित विज्ञप्तिमा भर्ना भएका कोरोना संक्रमित विरामीलाई अक्सिजन पुर्याउन नसकिने भएकाले सोही अनुसार व्यवस्था गर्न भनिएको थियो ।

सामाजिक सञ्जालमा ब्यापक बिरोध आएपछि अस्पताल प्रमुख डा. गुप्ताले अस्पतालमा अक्सिजनको अभाव नभएको भन्दै अर्को बिज्ञप्ति निकालेकि थिईन् । उनले बिज्ञप्तिमा अस्पताल प्रशासनलाई जानकारी नै नदिएर बिज्ञप्ति सार्वजानिक भएको भन्दै अस्पतालमा अक्सिजनको अभाव नभएको स्पष्ट पारेकी थिईन् ।

अस्पतालको दोहोरो बिज्ञप्तिका सम्बन्धमा खबरकुरासँग कुरा गर्दै अस्पताल प्रमुख डा. गुप्ताले आफुलाई जानकारी नै नदिएर हस्ताक्षर समेत नगरि किर्ते बिज्ञप्ति प्रकाशन गरिएको बताईन् । उनले बिज्ञप्तिका बिषयमा आफुले छानविन गरिरहेको बताउँदै जनतामा त्रास फैलाउने गरि बिज्ञप्ति आएको बताईन् ।

भर्ना भईसकेका संक्रमितका लागि स्थानीय प्रशासनको सहयोगमा काम चलाउ अक्सिजनको ब्यवस्था भईरहेको भएपनि नयाँ थप हुन सक्ने संक्रमितलाई भने अक्सिजन अपुग हुने डा. गुप्ताले बताईन् । आफ्नो लगातारको प्रयासले स्थानीय प्रशासनको सक्रियतामा शंकर अक्सिजनबाट दैनिक १५० र लुम्बिनी अक्सिजनबाट दैनिक ५० सिलिण्डर अक्सिजन आपुर्तिको सम्झौता भएको उनले जानकारी दिईन् ।

भिम अस्पतालमा दैनिक २०० देखि २५० सिलिण्डर अक्सिजनको खपत हुन्छ । हाल अस्पतालमा ७१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

अस्पतालको २५ बेड एचडीयू र ५ बेड आईसीयू क्षेमता भएपनि अन्तरंग विभाग र भुईमा म्याट्रेस राखेर अस्पतालले ७१ जना भर्ना गरेर उपचार सेवा दिइएको गुप्ताले बताइन् ।

अस्पतालको माथिल्लो तलामा अक्सिजन पाइपलाइन विस्तार र लिक्विड अक्सिजन प्लान्ट स्थापनाका लागि सम्बन्धित मन्त्रालयमा कुरा भइरहेको बताउँदै उनले एकदुईदिनमा त्यो प्रक्रिया अगाडी बढ्ने बताईन् । पाईपलाईनको काम सम्पन्न भएपछि थप ३५ जना समेत गरी कूल सय जना कोरोना संक्रमितलाई उपचार दिन सकिने डा. गुप्ताले बताइन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ९ : ५७ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा