१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

भेरी अस्पताल नेपालगन्जमा डेढ घण्टा बीचमा ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा डेढ घण्टा बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना नेपालगन्ज उपमहानगरका छन् भने १ जना जानकी गांउपालिकाका छन् ।

डीसीसीएमसी बाँकेका फोकलपर्शन तेज ओलीका अनुसार बैशाख १९ गते भर्ना भएका नेपालगन्ज ४ का ५८ वर्षिय पुरुषको बिहान ९ बजे मृत्यु भएको थियो भने २३ गते भर्ना भएका जानकी ३ की ५५ वर्षिया महिलाको १०ः३० बजे र १८ गते भर्ना भएका नेपालगन्ज २ का ७४ वर्षिय पुरुषको पनि १०ः३० बजे मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मृत्युदर बढेको छ । गएराति मात्र ४ जनाले सोही अस्पतालमा ज्यान गुमाएका थिए । अक्सिजनको प्रेसर कम भएका कारण मृत्युदर बढेको भेरी अस्पतालको उच्च स्रोतले दाबी गरेको छ ।

१४२ बेडको लागि एउटै पाईपलाईबाट अक्सिजन सप्लाई गरिंदा बढी लोडका कारण कहिलेकाहीँ [फ्लो] प्रेसर तलमाथि हुन सक्ने सम्भावना हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । तर प्राबिधिक जाँच निरन्तर चलिरहेका कारण फ्लो कम भएको अवस्था नभएको उनले बताए । बढी अक्सिजन आवश्यकता भएका संक्रमितलाई अक्सिजनाको मात्र (प्रेसर) नपुगेका कारण संक्रमितको ज्यान गएको स्रोतको दाबी छ ।

बाँकेमा आज बिहान मृतक थपिएसँगै जिल्लामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ४१ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल