१५ चैत्र २०८२, आइतबार | March 29, 2026

भेरी अस्पताल नेपालगन्जमा डेढ घण्टा बीचमा ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा डेढ घण्टा बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना नेपालगन्ज उपमहानगरका छन् भने १ जना जानकी गांउपालिकाका छन् ।

डीसीसीएमसी बाँकेका फोकलपर्शन तेज ओलीका अनुसार बैशाख १९ गते भर्ना भएका नेपालगन्ज ४ का ५८ वर्षिय पुरुषको बिहान ९ बजे मृत्यु भएको थियो भने २३ गते भर्ना भएका जानकी ३ की ५५ वर्षिया महिलाको १०ः३० बजे र १८ गते भर्ना भएका नेपालगन्ज २ का ७४ वर्षिय पुरुषको पनि १०ः३० बजे मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा मृत्युदर बढेको छ । गएराति मात्र ४ जनाले सोही अस्पतालमा ज्यान गुमाएका थिए । अक्सिजनको प्रेसर कम भएका कारण मृत्युदर बढेको भेरी अस्पतालको उच्च स्रोतले दाबी गरेको छ ।

१४२ बेडको लागि एउटै पाईपलाईबाट अक्सिजन सप्लाई गरिंदा बढी लोडका कारण कहिलेकाहीँ [फ्लो] प्रेसर तलमाथि हुन सक्ने सम्भावना हुने भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताए । तर प्राबिधिक जाँच निरन्तर चलिरहेका कारण फ्लो कम भएको अवस्था नभएको उनले बताए । बढी अक्सिजन आवश्यकता भएका संक्रमितलाई अक्सिजनाको मात्र (प्रेसर) नपुगेका कारण संक्रमितको ज्यान गएको स्रोतको दाबी छ ।

बाँकेमा आज बिहान मृतक थपिएसँगै जिल्लामा मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  १ : ४१ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण