१८ चैत्र २०८२, बुधबार | April 1, 2026

सांसद पदबाट राजीनामाबारे अन्तिम निर्णय लिन नेपाल-खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । सांसदपदबाट सामुहिक राजीनामाको तयारी गरिरहेको नेकपा एमालेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्न लागेको छ ।

अन्तिम समयसम्म पार्टीलाई २ जेठ २०७५को अवस्थामा फर्काउन पहल गर्ने, त्यसलाई अस्वीकार गरिए सामुहिक राजीनामा दिने तयारी गरिरहेको नेपाल-खनाल पक्षले राजीनामाबारे थप छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । स्थायी कमिटी बैठकमा राजीनामा दिने परिस्थिति आइसकेको निस्कर्ष निकाल्दै अब कसरी अगाडि बढ्ने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।

शनिबार नेपाल–खनाल पक्षका कम्तिमा २० सांसदहरुले व्यक्तिगत रुपमा पदबाट राजीनामा लेखेको पत्र नेता माधवकुमार नेपाललाई बुझाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग फेरि एक चरण कुरा गरेर आफ्ना कुरा मनाउन प्रयास गर्ने, ओलीले त्यसलाई अस्वीकार गरे आइतबार साँझसम्म या सोमबार बिहान संसद सचिवालयमा राजीनामा बुझाउने उनीहरुको तयारी रहेको छ ।

नेपाल-खनाल पक्षले सर्वोच्च अदालतको निर्णय अनुसार नेकपा एमाले र यसको कमिटीलाई २ जेठ २०७५ मा फर्काउनुपर्ने, पार्टी संरचना, विधान र नेतृत्व मान्न अध्यक्ष ओली तयार बन्नुपर्ने माग राख्दै आएको छ । आफ्ना मागहरुलाई सम्बोधन गर्न उनीहरुले ओलीलाई २४ घण्टे अल्टिमेटम नै दिएका छन् । नेपाल खनाल पक्षले ओली सत्ताबाट बाहिरिए मात्रै एमालेभित्रै उनीविरुद्धको अन्तसंघर्ष चर्काउन सकिने निस्कर्षमा पुगेको छ ।

तर, अध्यक्ष ओली फागुन २८ गते आफुले गरेको निर्णयबाट पछि हट्न तयार छैनन् । ओलीले पहिलदेखि नै नेपाल-खनाल पक्ष माओवादीको एजेण्डा बोकेर एमाले बर्बाद गर्न आएको आरोप लगाउँदै उनीहरुका कुनै पनि कुरा सुन्न अस्वीकार गर्दैआएका छन् । यद्यपी, आफुले संसदमा विश्वासको मत लिनुपर्ने अवस्था र राष्ट्रिय सभा उपनिवार्चनमा नेपाल-खनाल पक्षले छुट्टै उम्मेदवार उठाएको अवस्थामा ओली दबाबमा परेका छन् । ओली निकट नेताहरुले नेपाल-खनाल पक्षीय नेताहरुसँग व्यक्तिगत रुपमा फकाउने प्रयास जारी नै राखेका छन् ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ९ : ११ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको