२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाका ४० जना सांसदहरुले पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

नयाँ अविश्वासको प्रस्तावमा दर्ता गर्दै विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलसँग एकल बहुमतको सरकार बन्न नसक्ने जिकिर गरेका छन् । उनीहरुले अविश्वासको प्रस्ताव प्रदेशसभामा यथावत रहेको र एमालेकै दुई जना सांसद दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीले राजीनामा दिएको र विमला वली खत्रीले माओवादी केन्द्र रोजेको निर्णयले प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत एमालेसँग नभएको दाबी गरेका छन् ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध यही बैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसका लागि १९ गते विशेष अधिवेशन बोलाइएको थियो । तर, मुख्यमन्त्री पोखरेलले नाटकीय रुपमा विशेष अधिवेशन बस्ने दिन बिहान पदबाट राजीनामा दिँदै आफुसँग एकल बहुमत भएको दाबी गर्दै नयाँ सरकार बनाउन प्रदेशप्रमुखसमक्ष निवेदन दिएका थिए । उनले त्यसअघि विशेष अधिवेशनको अन्त्य गरेका थिए ।

तर, मुख्यमन्त्री पोखरेलकै पार्टी एमालेमा रहेकी भनिएको विमला वली खत्रीले आफु माओवादी केन्द्रमा रहेको जनाए पछि उनी अल्पमतमा परेका थिए । सोही दिन अन्य दुई जना स्वतन्त्र सांसदले समेत पोखरेललाई समथर्न नरहेको विज्ञप्ति जारी गरेका थिए भने एमालेकै सांसद दृघनारायण पाण्डेले पदबाट राजीनामा दिएका थिए । त्यसको केहीदिनपछि एमालेकै अर्का सांसद अमरबहादुर डाँगीले समेत पदबाट राजीनामा दिइसकेका छन् । हाल पोखरेल स्पष्ट रुपमा अल्पमतमा रहेका छन् ।

तर, प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले भने विपक्षी दलहरुले ४२ जना सांसदसहित नयाँ सरकारको दाबी प्रस्तुत गरेपनि त्यसलाई लत्याउँदै पोखरेललाई मुख्यमन्त्री कार्यालयमा पुगेर सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : २५ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा