१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

तिलोत्तमामा थप ६० बेडको आइसोलेशन सेन्टर बनाउने तयारी



तिलोत्तमा । कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा नं. ९ केवलानी स्थित नगरपालिकाको सभाहल तथा अतिथि गृहमा थप ६० शैंयाको आइसोलेशन सेन्टर निर्माणको काम अघि बढाएको छ ।

शंकरनगरमा रहेको आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न नसक्ने देखिएपछि थप आइसोलेशन सेन्टर निर्माण गर्न थालेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

केवलानीको सभाहल नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माणको काम तीव्रताको साथ अघि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले केवलानीमा आवश्यक पूर्वाधार व्यवस्थाप गरी आइसोलेशन निर्माण कार्यको लागि शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख उप-सचिव गंगाराम आचार्यले कार्यजिम्मेवारी तोकेको छ ।

यस्तै आवश्यक सहयोग एवं सहजीकरणको लागि वडा नं. ९ को कार्यालय, स्वास्थ्य शाखा, नगर प्रहरी, सूचना प्रविधि शाखालाई भनिएको छ । केवलानीमा समेत शंकरनमा जस्तै सुविधाको आइसोलेशन सेन्टर सञ्चालन गरिने कोरोना फोकल पर्सन केशव भट्टराईले जानकारी दिए । महामारीको पूर्वतयारी स्वरुप एक तहको कोरोना अस्पताल बनाउने गरी काम अघि बढाइएको उनको भनाइ छ ।

आइसोलेशन सेन्टरमा चाहिने जनशक्तिको समेत व्यवस्थापन गरिने बताउँदै कोरोना फोकल पर्सन भट्टराईले महामारी नियन्त्रणमा सम्बद्ध संघ-संस्था, निकाय, नगरबासी सबैको सहयोग, सहकार्य र समन्वय जरुरी रहेको बताए । आइसोलेशन सेन्टरमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार हुनेछ ।

तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमित बिरामीको उपचारको लागि आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्था मिलाउन नगर उप-प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यवसायिक संघ-संस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरिएको छ । यस्तै आइसोलेशन सेन्टरमा पर्याप्त अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, संघ-संगठनहरुलाई अनुरोध गरिएको छ ।

नगरपालिकाले कोरोना संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिरहेको अवस्थामा विवाह, ब्रतबन्ध, पूजाआजा, भोज-भतेर जस्ता क्रियाकलापबाट कोरोना संक्रमण जोखिम उच्च हुने भएकोले अहिलेको विषम परिस्थितिमा यस्ता क्रियाकलाप नगर्न/नगराउन सम्पूर्ण नगरबासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : ३० बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा