७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेपाल पक्षीय सांसदहरु संसद सचिवालयमा, पौडेल र नेम्वाङले नेपाल फकाउँदै



काठमाडौं । पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउनुपर्ने माग पुरा नभए सांसद पदबाट राजीनामा दिने योजना बनाएको एमालेको नेपाल खनाल पक्षका सांसदहरु संसद सचिवालयमा भेला हुन थालेका छन् ।

शनिबार राति अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको नेपाल पक्षका सांसदहरुले हिजै व्यक्तिगत राजीनामापत्रमा हस्ताक्षर गरेका थिए । राजीनामा दिनुपर्ने अन्तिम अवस्था र त्यसपछिको रणनीति तय गर्न स्थायी कमिटी सदस्यहरु आन्तरिक छलफलमा रहेकै बेलामा नेपाल पक्षीय सांसदहरु संसद सचिवालय सिंहदरबारमा पुगेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि संसद सचिवालयमा पुगेका छन् ।

दिउँसो ३ बजेदेखि सांसदहरु सचिवालय परिसरमा जम्मा भैरहेका छन् । शिर्ष नेतृत्वको आन्तरिक छलफल पछि आउने निर्णयका लागि तयारी अवस्थामा रहनका लागि सांसदहरु एकै स्थानमा जम्मा भएका हुन् ।

 

यो पनि पढ्नुहोस : सांसद पदबाट राजीनामाबारे अन्तिम निर्णय लिन नेपाल(खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै

 

यसैबीच अध्यक्ष ओलीले नेता नेपासँग छलफल गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका छन् । सिंहदरबारमै रहेका पौडेल र नेम्वाङले नेपालसँग गरेका छन् । राजीनामाको तयारीसहित नेपाल पक्षीय सांसदहरु संसद सचिवालयमा भेला हुन थालेपछि पौडेल र नेम्वाङले नेता नेपालसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार विश्वासको मत लिँदैछन् । जनता समाजवादी पार्टी जसपाले समर्थन नगर्ने भैसकेका कारण ओलीले विश्वासको मत हासिल गर्नसक्ने सम्भावना समाप्त भैसकेको छ । यद्यपी, आफ्नै दलका सांसदहरुबाट समेत राजीनामा आउँदा घट्ने संसदको कुल संख्याका आधारमा विपक्षीहरुलाई नयाँ सरकार बनाउन सजिलो हुनेभएका कारण ओलीले जसरी पनि त्यसलाई रोक्ने प्रयत्नका लागि प्रयास गरेका हुन् ।

 

 

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई