१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

माधव नेपाल भेट्न बिष्णु पौडेल र सुवास नेम्वाङ नेपाल पक्षको बैठकस्थलमै पुगे



काठमाडौं । एमालेको नेपालपक्षको स्थायी कमिटी बैठक चलिरहेकै बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न सिंह दरबार पुगेका छन् ।

नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार नेपालपक्षको बैठक बसिरहेको स्थानमा पुगेका हुन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।

सुरुमा नेता नेपालले स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएपनि पौडेल र नेम्वाङले समय दिन आग्रह गरेपछि उनीहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने एक एजेण्डा सहित भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेपछि ओली पक्षले केहि लचकता देखाउँदै नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग लगातार वार्ता गरिरहेका छन् । आज भने नेपालसँगै भेटवार्ता गर्न ओलीका विश्वासपात्र द्वय पौडेल र नेम्वाङ नेपाल भेट्न पुगेका थिए ।

२ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी नेपाल पक्षले गरेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : २३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम