१५ चैत्र २०८२, आइतबार | March 29, 2026

माधव नेपाल भेट्न बिष्णु पौडेल र सुवास नेम्वाङ नेपाल पक्षको बैठकस्थलमै पुगे



काठमाडौं । एमालेको नेपालपक्षको स्थायी कमिटी बैठक चलिरहेकै बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न सिंह दरबार पुगेका छन् ।

नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार नेपालपक्षको बैठक बसिरहेको स्थानमा पुगेका हुन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।

सुरुमा नेता नेपालले स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएपनि पौडेल र नेम्वाङले समय दिन आग्रह गरेपछि उनीहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने एक एजेण्डा सहित भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेपछि ओली पक्षले केहि लचकता देखाउँदै नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग लगातार वार्ता गरिरहेका छन् । आज भने नेपालसँगै भेटवार्ता गर्न ओलीका विश्वासपात्र द्वय पौडेल र नेम्वाङ नेपाल भेट्न पुगेका थिए ।

२ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी नेपाल पक्षले गरेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : २३ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी