४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हाल्न एमालेद्वारा आफ्ना सांसदहरुलाई ह्वीप



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले सबै सांसदहरुलाई अनिवार्य उपस्थित भै विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् ।

मुख्यसचेतक भट्टराईले ह्वीप जारीगरेपछि संचारकर्मीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा एमालेका कुनै पनि सांसदले मत हाल्ने संभावना नरहेको बताए । उनले पार्टीभित्र व्हीप लाग्ने र सांसदहरुले पार्टीको व्हीप मान्नु पर्ने बताए ।

उनले भने, “२०७४ सालको निर्वाचनमा नेकपा एमालेले जम्मा १ सय २१ सिट जितेको हो । त्यो १ सय २१ सिट संख्या यसपटक प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा उभिन्छ । बाँकी राजनीतिक दलहरुसंग हामीले सहयोग माग्ने मात्रै हो । अरु दललाई हाम्रो व्हीप लाग्दैन । निर्देशन लाग्दैन । प्रधानमन्त्रीले सबैलाई आग्रह गर्नुभएको छ । यदि विश्वासको मत प्राप्त भएन भने विपक्षीमा बसेर हामी मुलुक र जनताको सेवा गर्न तत्पर छौ ।”

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ६ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको