२८ आश्विन २०८३, बुधबार | October 14, 2026

विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले मत माग्नुभयो : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाई नजिककको सरकार तीन वर्ष नपुग्दै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्थामा आएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको आफ्नै व्यवहार र कामका कारण अलोकप्रिय बनेको आरोप लगाए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना सरकार स्वयंले गरेको देउवाले बताए । देउवाले प्रश्न गरे, प्रधानमन्त्रीलाई काम गर्न कसले रोक्यो ?

सभापति देउवाले विश्वासको मत पाउँदिन भन्दाभन्दै प्रधानमन्त्रीले विश्वासको मत मागेको बताउँदै बताए । देउवाले देश अप्ठेरो अवस्थामा रहेको बेलामा प्रधानमन्त्री गैरजिम्मेवार बनेको आरोप लगाए ।

देश महामारीको अवस्थामा पुगेको बेलामा प्रधानमन्त्रीले अरुलाई दोष थुपारेर भाग्न नपाउने उनले बताए । देउवाले भने, ‘आफु कार्यकारी बन्ने ? अनि अरुलाई दोष दिने ?’

देउवाले सरकारको तीन वर्षको मूल्यांकन गर्दा पूर्ण रुपले असफल भएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीलाई आग्रह गरे, ‘छातीमा हात राखेर भन्नुस, यो अवस्था तपाईंले सिर्जना गर्न् भएको हो कि होइन ? तपाईंको दम्भ, कुशासन र भ्रष्टाचारको कारणले देश कमजोर बन्दै गएको छ ।’

देउवाले थपे, ‘संविधान मिचेर अलोकतान्त्रिक तरिकाले शासन गर्ने, अध्यादेशमार्फत शासन चलाउन खोज्ने, संवैधानिक परिषद्लाई पंगु बनाउने, दलहरुलाई विवादित बनाउने, सांसदलाई अपहरण गर्ने काम भयो ।’

सभापति देउवाले देशका जनताले अक्सिजन, आईसीयू बेड नपाएर सडकमै मर्नुपरेको अवस्थामा सरकार कोरोना खोपमा भ्रष्टाचारमा संलग्न भएको आरोप लगाए ।

देउवाले भने, ‘विज्ञहरुले जुनसुकै बेला लहर आउने चेतावनीलाई सरकारले वास्ता गरेन । जसका कारण नेपाल उच्च जोखिममा रहेको देशको गणनामा पुगेको छ । यसका लागि जिम्मेवार छ कि छैन ?’

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ३ : ०३ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका