१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान



काठमाडौं । नयाँ सरकार गठनको प्रक्रिया अघि सार्न नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाए लगत्तै तीन दलले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेका ह्न् ।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरिएको छ ।

उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद प्रधानमन्त्री बन्न सक्ने पहिलो विकल्प छ । तीन दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेसँगै संयुक्त सरकार बनाउन दलहरु ती दलहरु जुट्नेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ३८ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा