१३ माघ २०८२, मंगलबार | January 28, 2026

इदमा तालिवानद्वारा युद्धविराम



काबुल (सिन्ह्वा) । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल-फित्रका अवसरमा तीन दिनको युद्धविराम घोषणा गरेको छ ।

तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धबिराम गरिएको बताए ।

उनले इदको पहिलोदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारबाहीहरु स्थगित गर्न निर्देशन पनि दिएका छन् । यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।

तालिबान प्रवक्ताले युद्धबिरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन । तालिबान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धबिरामको घोषणा गरेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य