९ चैत्र २०८२, सोमबार | March 23, 2026

सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण



सोलुखुम्बु । सगरमाथा आधार शिविरबाट फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले बताइन् ।

सगरमाथा आधार शिविरमा पुगेका उनीहरु लक्षण देखिएपछि आइतबार लुक्ला झरेका थिए । सोमबार एण्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले जनाएको छ । उनीहरु पर्यटकको सहयोगीका रुपमा सगरमाथा क्षेत्र गएका थिए । यससँगै सगरमाथा आधार शिविरबाट फर्किएका २० जनामा संक्रमण पुष्टि भएको छ ।

पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार सगरमाथा आरोहीमा भने कोरोना संक्रमण देखिएको छैन । शिखरतर्फ जान तयारी अवस्थामा रहेका आरोही र उनीहरुका सहयोगीले स्वास्थ्यको मापदण्ड पालना गरेकाले पनि कोरोनाको कुनै प्रभाव नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ८ : ४१ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा