१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बुटवलको कोरोना विशेष अस्पतालमा ११ जनाको मृत्यु, शव व्यवस्थापनमा समस्या



बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका १/१ जना रहेका छन् ।

अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थियो । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको २६ गते राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२ः४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको २४ गते राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ । डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र सुनवल १० नवलपरासीका ५९ वर्षिय पुरुषकाे २६ गते बिहान ३‍:४५ बजे मृत्यु भएको थियाे ।

एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा‍. गौतमले बताए । आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४६ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज