१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बुटवलको कोरोना विशेष अस्पतालमा ११ जनाको मृत्यु, शव व्यवस्थापनमा समस्या



बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकै रातमा ११ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका १/१ जना रहेका छन् ।

अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोहि आफन्त नआएपछि अस्पताल आफैले ३ दिन पछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए । बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्यु पछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थियो । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।

त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको २६ गते राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२ः४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको २४ गते राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ । डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र सुनवल १० नवलपरासीका ५९ वर्षिय पुरुषकाे २६ गते बिहान ३‍:४५ बजे मृत्यु भएको थियाे ।

एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भए पछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा‍. गौतमले बताए । आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २८५ पुगेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ४६ बजे

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा